२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

जब सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए पुरुष !

बेलायतको राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो ।

सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीर समेत खिचिरहेका देखिन्थे ।

कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अक्सफोर्ड लगायत लण्डनका विभिन्न इलाकामा अहिले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू भएको छ । सुपर मार्केटहरुमा समेत मानिसहरु अनिवार्य रुपमा मास्क लगाएर मात्र छिर्न पाउँदछन् । यस्तोमा मास्कको अण्डरवेयर लगाएर एकजना युवक सहरमा टहल्नुले धेरैको मनमा अनेक खालका प्रश्न खडा गर्यो ।

अहिलेसम्म अर्धनग्न भएर टहल्ने युवकको पहिचान हुन सकेको छैन । ती युवकमाथि पुलिसले कुनै कानूनी कारवाही गरे नगरेको बारेमा पनि थाहा हुन सकेको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।