धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट(भुमिका)को हत्या गरिएको भन्दै धनगढीमा प्रर्दशन गरिएको छ ।
घटनाको सत्यतथ्य छानबिन गरि घटनामा संलग्न दोषीलाई कानुनी कार्वाही र पिडीतलाई न्यायको माग गर्दै धनगढी चौराह देखी पार्कमोडसम्म प्रर्दशन गरिएको हो । एल डी भट्ट होलसेलको नेतृत्वमा बिरोध रयाली तथा कोणसभाको आयोजना गरिएको हो । कार्यक्रमका सँयोजक एल डी भट्टले बलत्कार जस्तो जघन्य अपराध हुँदासम्म न्यायका लागी स्थानिय नागरिक, सरोकारबाला निकायको उपस्थीती कम हुनु दुखद भएको बताए ।




यता दिनप्रतीदिन बिभिन्न राजनितीक कार्यक्रम, भेला सम्बेलन भैरहँदा दोषीलाई कार्बाही तथा पिडीतलाई न्याय दिने कुरामा सबैको सहभागीता र सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । यसरी भागरथी भट्टको हत्या हुनु निर्मला पन्त जस्तै घटनाको दोस्रो रुप भएको बताउँदै भट्टको न्यायका लागी सम्बन्धित निकाय र सबैले एकजुट नभए यस्ता घटनाहरुले तिब्रता पाउने उनले बताए । भागरथी भट्टको न्याय नमिलेसम्म आन्दोलनलाई जारी राख्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै स्थानिय युवा डिल्ली राज ओझाले सुदरपश्चिम प्रदेशमा दिनप्रतीदिन हत्या हिँसा बलत्कार जस्ता घट्न पुगेको बताए । यस्ता घटना घट्न नियन्त्रण गर्नु तिन तहकै सरकारको जिम्मेबारी रहेपनी त्यस्को प्रत्याभुत गर्न नसक्नु सरकारको लाचारपन भएको बताए ।

























