कैलालीको चुरेमा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन । चुरेको गर्भा दरवारबाट अत्तरिया तर्फ आईरहेको से १ ज ९८१ नम्बरको जीप चुरे गाउँपालिका – ४ चौतारी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका हुन ।



घाइते हुनेमा गौरीगंगा नगरपालिका – २ का ४५ बर्षीय हर्क सलामी, सोहि ठाउँका २५ बर्षीय पुष्प राज भट्ट, २७ बर्षीय केशव साउँद, चुरे गाउँपालिका – ४ का ५२ बर्षीय नन्दा देवी गौतम, सोहि ठाउँका ४१ बर्षीय दुर्गा प्रसाद रिजाल र २० बर्षीय नरेन्द्र चन्द रहेका छन ।
घाईते मद्ये हर्क सलामीको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घाईते सबैलाई उपचारका लागि अत्तरियामा रहेको पदमा अस्पतालमा ल्याईदै गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएपी प्रेम बहादुर शाहीले बताएका छन ।
उनले घटना शनिबार साँझ करिब ४ बजेको समयमा भएको बताए । जीप सडकबाट करिब २५ मिटर तल खसेको बताईएको छ ।
जीपमा ७ जना सवार रहेकोमा चालक भने शकुसल रहेको र उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


















