२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

टिकटकका कारण सानै उमेरमा ज्यान गुमाउनु पर्‍याे

कञ्चनपुर – कञ्चनपुरकी एक बालिकाले समेत टिकटकका कारण सानै उमेरमा ज्यान गुमाउनु पर्‍याे। कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दलाई टिकटकको भुतले समाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको थियो।

त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पंखामा डोरी बाँधिन। उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्। बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी घाँटीमा समेत बाँधेकी थिइन। सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डीएको एक आफन्तले बताए।

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् तर हतारहतार खेतमा रहेकी आमालाई भने घटनाबारे जानकारी गराउन पुगे। घटनाबारे सुनेर आमा हतारिदै घरमा पुगीन तर ढिलो भइसकेको थियो।त्यतिन्जेलसम्म करुणाले प्राण त्यागीसकेकी थिइन। पेशाले शिक्षक रहेका करुणाका बुवा घटनाका बेला घरमा नभएको एक आफन्तले बताए।

उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गुमाइसकेका थिए। केही वर्षअघि करुणाका दाइको पनि नहरमा डुबेर मृत्यु भएको थियो। उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ। आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन्। उनीहरु रोइरहेका छन्, छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन्।

उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ।

‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ। त्यसकै साँझ करुणा झुुण्डीएको अवस्थामा फेला परिन’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घटनाको अझै अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिर्पाटले पनि झुण्डीएकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ।’ -दिेनेश खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।