२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

कैलालीको गोदावरी नगरपालिका-४ मा ‘गोदावरी कप खुल्ला भलिबल’ प्रतियोगिता हुने

कैलाली- कैलालीको गोदावरी नगरपालिका-४ मा ‘गोदावरी कप खुल्ला भलिबल’ प्रतियोगिता हुने भएको छ । गोदावरी युबा क्लबको आयोजनामा फागुन ८ गते देखी उक्त प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले शनिबार अत्तरियामा पत्रकार सम्मेलन को आयोजना गर्दै सो कुराको जानकारी दिएको हो ।

खेलको माध्यमबाट युबाहरुलाई राष्ट्र निर्माणमा प्रेरित गर्न भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष निर्मल मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार नगद ,ट्रफी र प्रमाण पत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले रु २५ हजार नगद र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद रु ५ – ५ हजार पाउने छन ।

प्रतियोगिता अनतर्गत बेष्ट खेलाडीलाई नगद रु ५ हजार ,ट्रफी र प्रमाण पत्र ,बेष्ट डिफेन्डरलाई नगद रु २ हजार ,बेष्ट स्पाइकरलाई नगद रु २ हजार दिइने खेल संयोजक मान बहादुर राईले बताए ।

खेलको मुख्य प्रायोजकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर ४ रहने छ । प्रतियोगिता प्रदेशभरका १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।