२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

कैलाली- कैलालीको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–९ को पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिएका छन् । 

उनका अनुसार ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएका छन् । घाइते दुबैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।