२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

नयाँ स्वरुपको कोरोनाबाट अमेरिकामा ६ सयभन्दा धेरै संक्रमित

विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै भएको छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस ठिक भइसकेका छन् भने २३ लाख  ०७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो आँकडावल्र्डोमिटर डटकमको हो । 

यता, अमेरिकामा खतरा बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार देशमा कोरोनाको नयाँ स्वरुपबाट संक्रमित ६ सय १८ जना बिरामीहरु देखिएका छन् ।

 देशका ३३ राज्यमा अवस्था अझै पनि खतरनाक रहेको सिडिसीले जनाएको छ । यी राज्यमा देखिएका ६ सय १८ नयाँ स्वरुपका संक्रमणमध्ये ६ सय ११ जनामा बी १.१.७ स्वरुप देखिएको पाइएको छ । यो स्वरुप बेलायतबाट फैलिएको थियो । यसको फैलावटलाई निकै तिव्र मानिएको छ । 

अमेरिका २ करोड ७४ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यसमध्ये १ करोड ७१ लाख ४६ हजार १ सय ६९ जना निको भइसकेका छन् । त्यस्तै, ४ लाख ७० हजार ७ सय ५ को मृत्यु भइसकेको छ । 
खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।