२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते

सिन्धुली– सिन्धुलीमा शुक्रबार राती जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । जन्ती बोकेको ना ५ त ५३५६ न.को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका जानकारीअनुसार ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार पोख्रेलले दुर्घटनाका घाइते मरिण गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडांैमा मृत्यु भएको जानकारी दिए ।

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको मरीण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए । यस्तै, अरू १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।