२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

कञ्चनपुरमा जंगली बँदेल र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते

कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा जंगली बँदेल र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने दैजी–बेलडाँडी सडकखण्डमा जंगली बँदेल र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

बँदेलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाइकल चालक बेलौरी नगरपालिका १० भुडाका ३२ वर्षीय प्रमोद राना र सोही मोटरसाइकलमा सवार ३५ वर्षीय उपदेव राना दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि धनगढी ल्याइएको र चालक प्रमोद रानाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।