२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै बसेका बोहरालाई चट्याङ लागेको थियो । बोहराको घटनास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर बोहराकी श्रीमती घाईते भएकी छन् । ३५ वर्षीया सीता बोहरा घाईते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरिरको दायाँतर्फको भागमा चोट लागेको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।