कंचनपुर- नेपाल पसु स्वास्थ प्राविधिक संघ नेल्टा कंचनपुरको नगर समिती बिस्तार भएको हो समितीको अध्यक्षमा नबराज महता चयन हुनुभएको हो ।



नेपाल पसु स्वास्थ संघ नेल्टा कंचनपुर जिल्ल कार्य समितीका अध्यक्ष गोबिन्द भट्टको अध्यक्षतामा कृष्णपुर नगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । नगर समितिको उपाअध्यक्षमा शिवराज भट्ट नगर सचीवमा खगेन्द्र जेठारा ,नगर सह सचीवमा प्रेम बोहरा, कोषाध्यक्षमा हिक्मत साउँद चयन हुनुभएको हो त्यस्तै भने अन्य सदस्यहरुमा आशिष् चौधरी, बिस्ना पान्डे, प्रकाश महता, बिनोद एर रहनुभएको छ ।
नेपाली कांग्रेस कृष्णपुर नगरपालिकाका नगरसभापति भक्त बहादुर खत्रीको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पसु स्वास्थ प्राविधिक संघका सुदुरपश्चिम संयोजक लाल बाहादुर बोहरा ,त्यस्तै अतिथीहरुमा ट्रड युनियन कांग्रेसका नगर सभापति दिपेन्द्र सिंह ,कृष्णपुर नगरपालिकाका पसु स्वास्थ साखा प्रमुख मान बाहादुर के.सि लगायतको सहभागीता रहेको थियो।
नेपाल पसु स्वास्थ संघ नेल्टा कंचनपुरले सामाजिक काम हरु पनि गर्दै आएको छ र जिल्ल भरी नै नगर कार्य समिती गठन गर्ने कार्य अगाडि बडि रहेको समितीका अध्यक्ष गोबिन्द भट्टले बताए ।

























