डडेल्धुरा – बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विद्यार्थी भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन् ।



बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको छ र उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। घटनाकाे छानबिन गरि दाेषि उपर कार्वाहीकाे माग गर्न डडेल्धुराकाे नेविसंघ र अनेरास्ववियु ले पनि प्रेस विज्ञप्ति निकालेकाे छ नेविसंघ का वा अध्यक्ष हिरस महरा र अनेरास्ववियु अध्यक्ष सन्ताेष भट्ट काे हस्ताक्षर गरिएका अलग अलग विज्ञप्तिमा लेखिएको छ –
यो घटना बाट सबै स्तब्ध भएका छौं। मृतक बहिनी भागरथी भट्ट प्रती भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं। उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यता माथी चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि संबंधित निकायको सङ्ग जोडदार माग गर्दछौं।


























