दिपक ओझा /अत्तरिया :- दुर्गालक्ष्मी क्यापसको एक दिने अन्तरक्रियायात्मक कार्यक्रम सम्पन्न भएको छ । अत्तरिया क्षेत्रमा रहेका सम्पुर्ण बिद्यालयहरु संग छलफल गरि क्याम्पसमा के कस्ता प्रोग्राम हरु चलाउन सकिन्छ भनि एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।



एकदिने अन्तरक्रिया कार्यक्रममा स्थानीयको इच्छा यहाँको आवश्यकता यहाँका यहाँका अभिभावकको चाहाना लगायत यहाँको जनशक्तिलाई यहि उत्पादन गर्नका निमित्त कार्यक्रमको आयोजना गरिने दुर्गालक्ष्मी बहुमुखी क्याम्पका क्याम्पस प्रमुख डम्बर बहादुर पालले बताए ।

कार्यक्रममा पुर्ब क्याम्पस प्रमुख गिरिराज कडायत् स्थानीय स्तरका बिधालय ज्ञान्जोती सेकेन्डरि स्कुलका प्रधानाध्यापक जबिर थापा ,जनकल्याण सेकेन्डरि स्कुलका प्रधानाध्यापक योगेन्द्र हमाल सैनिक आवासीय माहाबिधालयका प्रधानाध्यापक अशोक राज खाती ,माहाकाली मा.बि का प्रधानाध्यापक गणेश बाहादुर कुवर ,पुस्पान्ज्लीका आवासीयका प्रधानाध्यापक यम प्रसाद भण्डारी, सुदुरपश्चिम मा.बी का प्रधानाध्यापक नरेन्द्र नाथ योगि ,लोटस आइ सेकेन्डरि स्कुलका प्रधानाध्यापक मान बाहादुर एर, गुयसोरी मा.बि का प्रधानाध्यापक मान बाहादुर खड्का ,लगायतकको सहभागीता रहेको थियो ।

स्थानीय जन चासो र यहाँ रहेका बिद्यालयको समस्य यश क्षेत्रका विद्यार्थी हरुलाई बहिर जानू भन्दा यहि व्यवस्थापन गर्न यो अन्तरकृया कार्यक्रम गरेको सहायक क्याम्पस प्रमुख लोकेन्द्र महराले बताए ।
कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया क्षेत्रको मात्र नभई सिँगो गोदावरी नगरपालिका कै एक मात्र क्याम्पसका रुपमा २०६३ सालमा स्थापना भएको उक्त क्याम्पसले शिक्षाको क्षेत्रमा फड्को मार्दै गएको छ ।

























