२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

कुनै सरकारले जनताका लागि काम गरेन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले जस्तो यसअघिका कुनैपनि सरकारले जनताका लागि  काम नगरेको दावी गरेका छन्।

शुक्रबार नेकपा ओली समूहले राजधानीमा गरेको सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नेपाललाई सम्बृद्ध बनाउन कसैले रोक्न नसक्ने दावी गरेका हुन्।

उनले भने, ‘हेर्दै जानुस् नेपाल कता जान्छ। नेपाललाई समृद्धिको देश बनाउनका लागि कसैले रोक्न सक्दैन। अहिलको सरकारले  जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले गरेको थियो? यति छिटो विकास कुनै सरकारले गरेको थयो? अहिले जस्तो काठमाडौँ कहिल्यै थियो? अहिले जति बाटा कहिल्यै बनेका थिए? अहिले जति पुल कहिल्यै बनेको थियो?’

अब दैलेखबाट पेट्रोल, डिजेल निकाल्ने उनले बताए। साथै देशका विभिन्न स्थान रहेका फलाम खानी उत्खनन् गरेर उद्योगहरु सञ्चालन गर्ने ओलीको दावी छ।उनले भने, ‘ नवलपरासीको धौवारीमा विशाल फलाम खानी भेटाएका छौँ। त्यहाँबाट फलाम र स्टील उत्पादन गर्न परीक्षण भइसकेको छ। अब उत्पादन गर्ने काम हामी थाल्छौँ। तनहुँको मिनम डाँडाबाट, पर्वतको फलाम खानीबाट निस्किने फलामबाट फलाम र स्टीलका कारखाना खोल्ने छौँ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।