२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय ५ रुपैयाँ थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य भने तोलामा ९ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो ।

बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय ७० रुपैयाँले घटेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय ७५ रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । बिहीबार प्रतितोला १ हजार १ सय १४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य ८ रुपैयाँ ५० पैसा घटेर प्रतितोला १ हजार १ सय ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।