बैतडी – बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विद्यार्थी भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन। बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको थियाे । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
विद्यार्थी संगठनहरुले सयुक्त प्रेस विज्ञप्ति जारि गरेका छन्। विज्ञप्तिमा लेखिएको छ: घटना बाट हामी सबै स्तब्ध भएका छौं। मृतक बहिनी भागरथी भट्ट प्रती भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं।
उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यता माथी चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि संबंधित निकायको सङ्ग जोडदार माग गर्दछौं।
अच्युतराज कलौनी
नि. केन्द्रिय सह-महामन्त्री
नेपाल विद्यार्थी संघ ,गणेश सिंह ऐरी केन्द्रिय सदस्य
अनेरास्ववियू, विरेन्द्र शाह
संयोजक अखिल (क्रान्तिकारी ) सेतिमहाकाली
उमेश विष्ट ,केन्द्रिय उपाध्यक्ष तथा सु.प.इन्चार्ज
रा. प्र. वि. संघ ,भरत लिसानी ,केन्द्रिय सचिव
समाजवादी विद्यार्थी युनियन ,पुष्कर जोशी
कार्यवाहक संयोजक सुदुरपश्चिम प्रदेश
अखिल ( क्रान्तिकारी ) ,पुष्कर भट्ट
सु. प. प्रदेश सदस्य
अखिल ( छैठौं )ले सयुक्त हस्ताक्षर गरेका छन् ।




























