अत्तरिया – कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया क्षेत्रको मात्र नभई सिँगो गोदावरी नगरपालिका कै एक मात्र क्याम्पसका रुपमा २०६३ सालमा स्थापना भएको उक्त क्याम्पसले शिक्षाको क्षेत्रमा फड्को मार्दै गएको छ ।



‘अत्तरियाक्षेत्रमा क्याम्पसको आवश्यकता महशुस गरेर यहाँका विभिन्न शिक्षाप्रेमी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानियहरुको ३ चोटीको बृहत छलफल पश्चात क्याम्पसको स्थापनाका लागि पहल सुरु भएको हो’ उनले भने ‘त्यसताका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन ल्याउनुपर्छ भन्ने कुराको जानकारी पनि थिएन, क्याम्पसको प्रकृया अगाडी बढाउदै जादाँ सबै कुराको ज्ञान भयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्न सकिन्न की भन्ने डर पनि थियो, भाग्यवस सम्बन्धन पाउन सफल भयौ ।’ अत्तरियाबाट बिहान क्याम्पस पढ्न साईकलमा धनगढी जाने विद्यार्थीहरुको संख्या पनि धेरै भएपछि यहाँका विद्यार्थीहरुको सहजताका लागि क्याम्पस स्थापनाको अवधारण आएको उनले बताए ।
‘उतिबेला यस क्षेत्रमा क्याम्पस थिएनन, धनगढीमा एउटा मात्रै क्याम्पस थियो । यहाँ उच्च शिक्षा हासील गर्ने विद्यार्थीहरु क्याम्पस पढ्नका लागि धनगढी पुग्नुपर्ने, त्यसमा पनि एउटा मात्रै क्याम्पस भएकाले सिट पाउन मुस्किल हुने अवस्था थियो ।
त्यस्तो अवस्थामा अत्तरिया क्षेत्रमा पनि एउटा क्याम्पसको अभाव खड्किरहेको यहाँका सम्पुर्ण अभिभावकहरुले महसुस गरेपछि क्याम्पस स्थापनाको थालनी भएको हो’ जोशीले भने । क्याम्पसको सुरुवाती चरणमा तत्कालिन जिल्ला विकाश समितिको ५ लाख रुपैयाँ सहयोगमा बिएडको पढाई सुरु गरिएको उनले बताए ।
‘क्याम्पसको सम्बन्धन प्राप्त भैसकेपछि भवन अभावले थप समस्या सृजना गरेको थियो’ उनले भने ‘दुर्गालक्ष्मी उच्च माविलाई भवन सहयोग मागेर हामीले विद्यार्थीहरुलाई पढाउन सुरु गरेका हौ ।’ क्याम्पस स्थापना पश्चातका २ वर्ष सम्म विएड संकाय मात्रै अध्यापन गराईएको बताउदै उनले त्यसपछिका प्रत्येक वर्षहरुमा अन्य संकाय थपिदै गएका बताए ।
स्थापनाका समयमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको दुर्गालक्ष्मी क्याम्पस अहिले भने सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पसका रुपमा रहेको छ । २०७५ साल साउन १ गतेदेखि सुदूरपश्चिमको आंगिक क्याम्पसको रुपमा क्याम्पसमा पठनपाठन भैरहेको क्याम्प्स प्रमुख डम्बर पालले जानकारी दिए । ‘त्रिभुवन विश्वविद्यालयबाट विएड, बिबिएस र बिएका कक्षाहरु सञ्चालन भएका थिए’ उनले भने ‘अहिले सुप विश्वविद्यालय अन्र्तगत उक्त कक्षाहरुका साथसाथै बिबिए, बिएडसिएसआईटी, एमबिएम, एमएडका कक्षाहरु सञ्चालन भैरहेका ।’
यतीमात्र नभई सुदूरपश्चिम विश्वविद्यालयमा गैसकेपछि क्याम्पसमा सेमेस्टरको आधारमा पढाई भैरहेको उनले बताए । ‘ठूला–ठूला विकासित देशहरुमा सेमेस्टरका आधारमा अध्यापन हुन्छ’ उनले भने ‘त्यसैले हामीले पनि सेमेस्टरकै आधारमा अध्यापन सुरु गरेका छौ, यसले विद्यार्थीहरुको पढाईमा थप टेवा पु¥याएको छ ।’
क्याम्पसको स्तरोन्नतीका लागि आउदो शैक्षिक सत्रबाट एलएलबि र फोरेष्ट्रीको अध्यापन पनि सुरु गर्ने तयारी रहेको क्याम्पस प्रमुख पालले बताए । क्याम्पसमा गत शैक्षिक सत्रदेखि प्राविधिकतर्फ सिएसआईटी (कम्प्युटर साईन्स एण्ड ईन्फरमेसन टेक्नोलोजी) विषयको पढाइ सञ्चालन गरिएको छ ।
२०७० सालमा क्याम्पसद्धारा आयोजित महायज्ञपश्चात हाल क्याम्पसको आफ्नै भवन रहेको छ । सुदूरपश्चिम माध्यमिक विद्यालयले आफ्नो मातहतमा रहेको साढे ५ बिघा जमिन क्याम्पसलाई सहयोग गरेपछि गाविस, नगरपालिका, जिविस, स्थानियस्तरबाट चन्दा संकलन गरी, महायज्ञ लगाएर तथा सदस्यताबाट उठेको रकमबाट क्याम्पसको भवन निर्माण गरिएको क्याम्पस प्रमुख पालले बताए ।
‘सबैको सहयोगमा क्याम्पसको तिन तले भवन निर्माण भएको हो, उक्त भवनमा २७ वटा कोठाहरु रहेका छन’ उनले भने ‘त्यसका साथै सामाजिक विकास मन्त्रालयको सहयोगमा बनेको शौचालय तथा फर्निचर सहितको दुई तले ५ कोठे नयाँ भवन रहेको छ भने गोदावरी नगरपालिकाको सहयोगमा बनेको ३ तले भवनमा सुविधा सम्पन्न शौचालय रहेको छ ।’
क्याम्पसमा हाल करिब १ हजार ५ सय जना विद्यार्थीहरु रहेका र नयाँ भर्नामा करिब ७ सय विद्यार्थीहरु थपिन सक्ने क्याम्पस प्रमुख पालले बताए ।

























