२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

चरीकोट, २२ माघ । दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।

यही माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा आपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट सात वडाका दुई हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार सेवा लिनेमा एक हजार २०९ महिला र एक हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा दुई-दुई जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । गाउँपालिका–१ भिरकोटका ३०५, वडा नं २ झुलेका ३१८, वडा नं ३ जफेका ४१२, वडा नं ४ मालुका ४०७, वडा नं ५ सहरेका ३००, वडा नं ६ च्यामाका ३३६ र वडा नं ७ हाँवाका २२६ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले वर्षमा दुई पटक छ महिनाको फरकमा घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्षण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरेको छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्यसेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । नागरिकलाई गाउँमानै सहज स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वडा नं ३ जफेमा ल्याबसमेत सञ्चालनमा ल्याएको छ ।

सामान्य बिरामीले पनि रगत तथा अन्य परीक्षण गराउनका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाबाटै सो सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक मिश्रले बताए । यो सेवा प्रभावकारी बन्दै गएको पनि उनको भनाइ छ ।रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।