२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

बिहीबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा बिहीबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ जना रहेको छ ।

हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको मन्त्रालयको बताएको छ । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

मृतकको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा भने कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ९२ जना छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।