डडेल्धुरा : डडेल्धुरामा प्रचण्ड माधव समुहका वन्दकर्ताहरुले भाँतकाँडा वजारमा आज प्रहरी माथी आक्रमण गरेको छ ।



जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर भाँतकाँडा वजार वजार वन्द गराउँदै हिडेका वन्द कर्ताहरुलाई वजार वन्द नगराउँन भने पछि उनिहरुले भातकाँडा प्रहरी चौकीका ईन्चार्ज अम्मर वहादुर खठायत माथी आक्रमण गरेका हुन् । भाँतकाडा प्रहरी चौकीका ईन्चार्ज कठायत वजारमा गस्तीमा रहेका समयमा वन्दकर्ताहरुले लुकेर डाडावाट हानेको ढुंगाले खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायवउपरिक्षक महेन्द्र नेपालले वताए । खुट्टामा सामान्य चोट लागेको समेत प्रहरीले वताएको छ ।
आक्रमण गर्नेहरुको खोजि भईरहेको समेत प्रहरीले वताएको छ ।संवैधानिक निकायमा भएको नियुक्तीको विरोधमा विहिवार प्रचण्ड माधव समुहले नेपाल वन्दको आयोजना गरेको छ ।
Views: 169

























