धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ जनप्रतिनिधि विहीन भएको भन्दै टीकापुरमा युवाहरू आन्दोलनमा उत्रिएका छन्। स्वतन्त्र युवा समूहले ¥याली र कोण सभाको आयोजना गर्न थालेको हो। बसपार्कबाट सुरु भएको ¥याली खडक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
¥यालीमा युवाहरु हाम्रो जनप्रतिनिधि खोई ?, जनप्रतिनिधि विहिन बनाउन पाईदैन, टीकापुरको विकास खोइ ?, निर्दोष भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड र नारा लगाएका थिए।
फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए। चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २०९३५ मत अन्तरले पराजित गरेका थिए।
थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो। त्यस क्रममा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। सो घटनामा दोषी रहेको अभियोगमा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको थियो।