२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

बन्दका कारण बिहानै क्याम्पस पढ्न गएका विद्यार्थीहरू घर फर्किए

धनगढी । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानैदेखि बन्द रहेको छ। प्रचण्ड नेपाल समूहका कार्यकर्ता तथा अनेरास्वीयुका विद्यार्थीले आज बिहान धनगढीका चार ठाउँमा टायर बालेका छन्।

उनीहरूले धनगढीको क्याम्पस रोड, पुष्पलाल चोक, रातो पुल र चटकपुरमा टायर बालेका हुन्।धनगढीको क्याम्पस रोडमा अनेरास्वीयुका विद्यार्थीले टायर बालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाउनुका साथै, टायरहरू नियन्त्रणमा लिएका छन्।

बन्दका कारण अत्यावश्यक सेवा बाहेक सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प छ। दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटपुट रूपमा चलेका छन्।

बन्दकर्ताहरुले बिहान खुलेका चिया, नास्ता पसल समेत बन्द गराएका छन्। बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन्।

बन्दका कारण बिहानै क्याम्पस पढ्न गएका विद्यार्थीहरू घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले अप्रिय घटना हुन नदिन जिल्लाभर ६ सय भन्दा बढी प्रहरी परिचालन गरेको बताए। उनले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएको बताए।

आम हड्तालका नाममा हुने प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुगाउने गतिविधिमा संलग्नलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

काम चलाऊ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै दाहाल–नेपाल हड्तालमा उत्रिएका हुन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।