२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

कञ्चनपुरको बेदकोट-८ को वडा कार्यालयको उद्घाटन

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन गरिएको हो ।
विगत भाडाको भवनबाट सेवा दिदै आइरहेको वडा कार्यालयले अब आफ्नै कार्यालयबाट सेवा दिने भएको छ ।
रु ५० लाख बिनियोजित भएतापनि ठेक्का प्रक्रियामा जादा मुल्य अभिबृद्धि कर बाहेक ३० लाखमा शिव शंकर निर्माण सेवासँग सम्झौता भएको थियो । ५ कोठा सहित प्यासेज भएको उक्त भवन निर्माण पश्चात आज उद्घाटन गरिएको हो । नगर प्रमुख चन्दले उक्त भवन शुभारम्भ गर्दै सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन लागि पर्ने र सबै जनप्रतिनिधिले पनि यस बिषयमा जिम्मेवार बन्नुपर्ने बताए ।

May be an image of 4 people and people standing
यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष दुर्गासिँह भण्डारीले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, आलेप, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रतिनीधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
अहिले बेदकोट नगरपालिकाका २ वडा हरुको पहिले नै भवन रहेको र बाँकि ४ वटा वडाहरुको भवन निर्माण सम्पन्न हुदैछ । यसैगरी ४ वटा वडाहरुको भने भवन निर्माण हुन बाँकि रहेको छ ।

May be an image of one or more people, people standing and skyMay be an image of one or more people and outdoorsMay be an image of text that says "वेदकोट नगरपालिका कजचनपुर वेदकोट नगर प्रमुख श्री अशोककुमार चन्द उपप्रमुख रीशुसीला सिंह वडा अध्यक्ष- दुर्गीसिंह भण्डारी सदस्य श्री उत्तरसिंह भाट सदर्य श्री गणेशवहादुर विष्ट श्री धौलीदेवी महर (कामी) श्री रेस्मी चौधरी निर्माण कम्पनी ÷ शिव शंकर डिमलपर्स"May be an image of text that says "वेदकोट नगरपालिका नं.वडाकार्यालयको नव- निर्मित भवन आज २०७७ २० गतेका दिन वैदकोट नगरपालिकाका नगर प्रमुख श्रीअशोककुमार चन्द ज्यूबाट समुदघाटन कार्यक्रम सु- सम्पन्न गरियो।"

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।