२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

कैलालीमा थप दुई वटा बिओपि स्थापना, बिओपि को संख्या १४ पुग्यो

धनगढी । कैलालीका २ वटा ठाउँमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपि) स्थापना भएका छन । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ मा बि.ओ.पि.लठ्ठाघाट र टिकापुर नगरपालिका वडा नम्बर ७ मा बि.ओ.पि.कालाकुण्डा स्थापना गरिएको हो ।

१०१ कि.मि.खुल्ला सीमाना रहेको कैलाली जिल्लामा दुई वटा बि.ओ.पि स्थापना भए पश्चात बि.ओ.पि.को संख्या १४ पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ । बि.ओ.पि. लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

यस्तै बि.ओ.पि. कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठ र टिकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डगौरा थारुले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बाहिनीपति श्रेष्ठले अहिलेको बिषम् परिस्थितीमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीहरुको काधमा राज्य र जनताहरुको सेवा र सुरक्षाको खातिर ठुलो जिम्मेवारी आएको बताए । उनले ब्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अझ बढी अनुशासित र कर्तब्यनिष्ठ भई राष्ट्रसेवामा लाग्नको लागी निर्देशन दिएका छन ।

यस्तै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बि.ओ.पि.को प्रमुख काम भएकोले ब्यवसायिक ढंगले कार्य क्षेत्रमा खटिन समेत बाहिनीपति श्रेष्ठले निर्देशन दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।