धनगढी । गत शनिबार पहलमानपुर दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले क्षतिपुर्ति नपाएको भन्दै कैलालीको पहलमानपुरमा चक्काजाम गरेका छन ।



दुर्घटना भएको तिन दिन बित्दापनि क्षतिपुर्तिको कुनै सुनुवाइ नभएको भन्दै मृतकका आफन्तले घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा मंगलबार दिउसो करिव २ बजे देखि चक्काजाम गरेका हुन । बन्दकर्ताले राजमार्ग भएर चल्ने सानाठुला कुनै पनि सवारिका साधनहरु चँल्न दिएका छैनन् भने यात्रुहरु पहलमानपुरमा अलपत्र परेका छन ।
यस अघि शनिबार पनि उनिहरुले सडक अवरुद्ध गरेका थिए तर चालकलाइ कानुन अनुसार कारबाहि गर्ने सहमति पछि सडक खुलाइएको थियो । गत शनिबार पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको म १ त ५४२ नम्बरको ट्रेक्टर र सोही दिशातर्फ गइरहेको ब ९१ प ४०४ नम्बरको मोटरसाइकल पहलमानपुर स्थित वन कार्यालय अगाडि ठोक्किदा दुइजनाको मृत्यु भएको थियो ।
Views: 158

























