दिपकराज भट्ट -डडेल्धुरा सदरमुकाम संगै जाेडिएकाे बगरकाेट सडक खण्ड पार्किङ क्षेत्र बनेकाे छ। सुदुर पश्चिमकाे पहाडी जिल्लाकाे केन्द्रकाे रुपमा रहेकाे डडेल्धुरा सदरमुकाममा सानाे बसपार्क रहेकाे छ। डडेल्धुराकाे मुख्य बजारमा दिनहुँ जाम त भईरहन्छ तर यता बगरकाेट सडक खण्ड भने सडक चाैडा भए पनि सडक दायाँबायाँ गाडि पार्किङ गरेर राखेकाे पाईन्छ। डडेल्धुराकाे अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका र बैतडी तल्लाे साेराड क्षेत्रका करिब चालीस गाडिहरु सडकमै अववस्थित पार्किङ गरेकाे देख्न सकिन्छ।यस क्षेत्रमा बिहान गाडिहरु गाउँ गाउँ बाट आउने र साझ फिर्ता हुने गर्छन्।



सडक दायाँबायाँ गाडिहरु पार्किङ गरेकाे हुन्छ भने यस क्षेत्रका व्यापारीहरुले पनि गाडिहरु पसल अगाडिकाे सडकमा अव्यवस्थित पार्किङ गरेकाे देख्न सकिन्छ। यस सडकमा हुने भिडभाडले अपांग, फरक क्षमता भएका व्यक्ति मात्र हाेईन आम नागरिकहरुले समस्या भाेगिरहनु परेकाे र दुर्घटनाकाे जाेखिम बढने सम्भावना रहेकाे भागेश्वर ५ का बहादुर सिंह चाडले गुनासाे गर्नुभयाे ।
यस बिषयमा खबरदारी मिडिया हाउस संग ट्राफिक कार्यालय स्याउलेका प्रमुख साउन श्याम सिंह क्षेत्री भाट यसाे भन्छन्-
बगरकाेट सडक खण्डमा अव्यवस्थित पार्किङ हुनुकाे मुख्य समस्या बसपार्क सानाे हुनु हाे भने अर्काे समस्या व्यापारी र चालककाे लापरबाही हाे । हामीले त्यहाका व्यापारी, चालक लाई सम्झाउने काम गरेका छाै भने यातायात व्यावसायी संग समुन्व्य गरेर त्यस क्षेत्रकाे पार्किङ व्यवस्थित गराउने काेसिस गरिरहेका छाै। ट्राफिक प्रहरी कार्यालय स्याउलेले अहिले दैनिक ४०० देखि ५०० गाडिहरु दैनिक हर्ने गरेकाे छ।

























