कञ्चनपुर, २० माघ । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको ३३ हजार बढी मूल्य बराबरको प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको छ।



सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट दोधाराचाँदनीबाट सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको सीमा गस्ती टोलीले ३३ हजार ६ सय मूल्य बराबरको १२० किलो प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको हो।
बरामद गरिएको कुखुरालाई आवश्यक कारवाहीका लागि पशुक्वारेन्टाईन कार्यालय गड्डाचौकीमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।
Views: 198

























