२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भर

काठमाडौं, २० माघ । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् ।

जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९।१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् ।

सामान्यतय एक वयस्क मानिसलाई दैनिक १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।