२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

केएमसीको ४१ औँ स्थापना दिवसको अवसरमा बिएसडब्लु समुहद्धारा बृहत सरसफाइ कार्यक्रम

धनगढी । कैलाली बहुमुखी क्याम्पसको ४१ औ स्थापना दिवसको अवसरमा समाज कार्य समुहमा अध्ययनरत विद्यार्थीहरुले बृहत सरसफाइ कार्यक्रम गरेका छन । क्याम्पसमा समाज कार्य बिएसडब्लु समुहमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सोमबार क्याम्पस परिसरमा सरसफाई गरिएको हो ।

बिएसडब्लु समुहका अध्यक्ष लेखनाथ जोशी ‘लक्ष्मण’ र दोस्रो बर्षका विद्यार्थी शैलेन्द्र चन्दको संयुक्त संयोजकत्वमा सो कार्यक्रम गरिएको हो । भने सरसफाई कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख प्राध्यापक डा केशवराज भट्ट तथा मानबिकी संकाय बिभागिय प्रमुख सहप्राध्यापक मान बहादुर जोराले गरेका हुन ।

सामाजिक कार्यहरुमा सक्रिय भुमिका खेल्दै आएको बिएसडब्लु समुहले क्याम्पस परिसमा आज सरसफाई गरिएको विद्यार्थी शैलेन्द्र चन्दले जानकारी दिए । उनले आफुहरु सामाजिक क्षेत्रमा काम गर्नका लागि जहिले पनि अग्रपंक्तमा रहेर काम गर्दै आएको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्दै जाने उनले बताए ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा पदम राज जोशीले बिएसडब्लु समुहले आयोजना गरेका यस्ता कार्यक्रमहरुमा सदैब क्याम्पस प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन । सरसफाई कार्यक्रममा प्रथम बर्ष र दोस्रो बर्षका विद्यार्थीहरु तथा अन्य संकायका विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।