२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

नेपाललाई ९ अर्ब ९२ करोड भारु अनुदान

भारतले आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गरेको छ । अप्रिल १ देखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नेपालसहित यस क्षेत्रका १० देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने भएको छ । नेपालले यसमध्ये ९ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ० अनुदान पाउने भएको छ ।

गत वर्ष नेपालको अनुदान ८ अर्ब भारु थियो । २०१९–२० मा भारतले १२ अर्ब भारु अनुदान दिएकोमा अघिल्लो वर्ष उल्लेख्य घटाएको थियो । आगामी आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदान बढाए पनि २०१९–२० को भन्दा कम हो ।  दिल्लीले सबैभन्दा ठूलो अनुदान भुटानलाई दिने भएको छ । भुटानले २० अर्ब ५२ करोड भारु अनुदान र ८ अर्ब ३२ करोड २८ लाख भारु ऋणबापत् पाउनेछ । 

दोस्रो ठूलो अनुदान हिन्द महासागरको राष्ट्र मौरिससमा जानेछ । मौरिससले १० अर्ब २५ करोड भारु अनुदान पाउँदैछ । त्यस्तै, अफगानिस्तानमा जाने अनुदान पनि बढाएर ९ अर्ब ९२ करोड पुर्‍याइएको छ । भारतले अफगानिस्तानमा हेरातमा भारत–अफगानिस्तान मैत्री बाँध परियोजना र अफगान संसद् भवनका लागि ४ अर्ब अनुदान दिन लागेको हो । 

मालदिभ्स र बर्मा (म्यानमार) ले ३ अर्ब अनुदान पाउनेछन् भने बंगलादेश र श्रीलंकाले २ अर्ब अुदान प्राप्त गर्नेछन् । सेसल्सलाई १ अर्ब ४० करोड, मंगोलियालाई २ करोड भारु विनियोजन भएको छ । भारतले यस क्षेत्रमा पूर्वाधार आयोजनाहरू समेत निर्माण गर्दैछ ।

खासगरी यातायात सम्पर्क सञ्जाल निर्माण भारतको प्राथमिकतामा रहेको छ । चबाहार परियोजनाका लागि एक अर्ब भारु विनियोजन भएको छ, यसअघि पनि यस परियोजनालाई सोही बराबर नै रकम विनियोजन भएको छ । 

नयाँ दिल्लीले अफ्रिकाका लागि ३ अर्ब ५० करोड भारु अनुदान छुट्याएको छ भने अन्य युरोप र एसियाली (युरेसियन) देशका लागि ४५करोड र ल्याटिन अमेरिकाका लागि २० करोड अनुदान छुट्याएको छ । भारतीय विदेश मन्त्रालयको आधा बजेट अनुदानमा जान्छ । आगामी आर्थिक वर्षको लागि भारतीय विदेश मन्त्रालयको बजेट १ खर्ब ७३ अर्ब ४६ करोड भारतीय रुपैयाँ छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।