डडेल्धुरा – कुष्टराेग तथा अपाङ्ग दिवस काे अवसरमा डडेल्धुराकाे अमरगढी नगरपालिकाका मेयर विपिन ओझा अपाङ्गता भएका अमरगढी – ८ वकण्डेका धन बहादुर सार्की काे घरमै पुगेर लुगा र खाद्यान्न वितरण गरेका छन। एक महिनाका लागि पुग्ने गरि २ वाेरा चामल, दाल, तेल, चिनि साबुन लगायतकाे सामाग्रि दिएका छन् ।



खाद्यान्न पाउँदा खुशिले उनका आँखा रसाउदै नगर प्रमुखकाे जय जयकार गरेकाे अमरगढीका कर्मचारि केषव ओझाले बताउनु भयाे। करिब १ महिना उनकाे परिवार लाई पुग्ने सामाग्रि हस्तान्तरण र अपाङग प्रतिकाे सम्मान तथा सहारा का लागि मेयर आफै घरमा पुगेका थिए । सामाजिक कार्यमा मेयर ओझा निकै कृयाशिल छन। जनताकाे सेवा गर्नु आफ्नाे कर्तव्य र जिम्मेवारी भएकाे पनि मेयर ओझा बताउँछन् ।
देशमा सर्वहाराकाे नारा दिएर सत्तामा पुगेका कम्युनिस्टहरु टुटफुटमा रुमल्लिरहेकाे समयमा मेयर ओझा जनताकाे सेवामा दैलाे दैलाेमा पुग्नु असल जनप्रतिनिधि भएकाे अमरगढीका नागरिकहरु बताउँछन। पछिल्लाे समय अमरगढी नगरपालिकाले जन अपेक्षा र समृद्विकाे स्पस्ट मार्गचित्र झल्किने कामहरु अगाडि बढाउदै गएपछि अमरगढिका नागरिकहरुमा विकास प्रतिकाे आशा जागेकाे छ।

























