जय ऐर / झलारि (कञ्चनपुर )- विकास,समृद्धि र सुशासनका युवा संम्वाहक नै हुन्।युवाले सकारात्मक साेचकासाथ अघि वढे विकास समृद्धि खाेज्न टाढा जानू पर्दैन भन्ने उदाहरण वनेका छन् शुक्लाफाँटा नगरपालिका १० क्याम्पस राेडमा वस्दै आएका एक युवा उनले आपनै घर भत्कायर सडक निर्माणमा सहयाेग गरेका छन्।



क्षेत्रिय शहरि विकास आयोजनाले सडककाे मापदण्ड १२ मिटर ताेकेर निर्माण कार्य थालेपछि ४०बर्से राज ठगुन्नाले सडक निर्माणमा अवराेध नहाेस भनी सडकमा पर्ने आफनाे घर भत्काएका हुन्।झलारि गाविस हुदा सडक मापदण्ड कम थियाे।
नगरपालिका भएपछि सडककाे मापदण्ड वढेकाेमा आफु लगायतका केहिघर सडकमा पर्ने राज ठगुन्नाले वताए।आफनै घर अगाडि नगरकाे गाैरवकाे याेजनाकाे सडक वन्दा शुसि लागेकाे छ।
ठगुन्नाले भने विकासकाे मुल संम्वाहककाे रूपमा रहेकाे सडकले हामी र हाम्रा सन्ततिलाई समेत लाभहुने भएकाे वताउदै कुनै लाेभ लालचमा नपरि सडक निर्माणमा सहजहाेस भनि आफनै घर भत्कायकाे वताए।
सडक निर्माणको शुरूकाे चरणका केही समस्या चुनाैति रहे पनि विस्तारै स्थानीय नागरिकमा सकारात्मक साेचकाे विकास भईरहेकाे पुर्व वडा अध्यक्ष तेज शाहले जनाए।उनलेभने विकास काे गतिलाई राेक्नु हुदैन सयाै बर्षको कल्पना गरेर आज विकास निर्माण गर्न सके मात्रै भावि पिडिले हामिलाई सम्झिने छन्।
नेता शाहले भने झलारि वजार देखि नगरपालिका हुँदै त्रिपुरेश्वर जाेड्ने सडक १२ मिटर वन्नु शुसिकाे कुरा हाेभन्दै नेता शाहले आज एकजना सामान्य परिवारका युवाले भविष्यलाई साेचेर स्वयमनै आफनै घर भत्कायर सडक निर्माणमा सहयाेग पु-याउएकाे देख्दा शुसि लागेकाे पुर्व अध्यक्ष शाहले जिकिर गरे।

























