नेपाल सरकारका पुर्व सचसव भीम उपाध्यायले सफाई पाएका छन् । सफाई पाए पछि उनले यसरी लेख सामाजिक संञ्जालमा अाम नागरिकलाई धन्यवाद – मेराविरूद्ध वर्तमान सरकारबाट गत बैशाख १५ गते दायर साईबर अपराध मुद्दामा आज काठमाण्डौँ जिल्ला अदालतले मलाई सफाई दिएको छ।



मेरा पक्षमा वहस गरेर न्याय दिलाउन अथक प्रयास गर्नुहुने कानुन ब्यावसायीहरू : बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता चुडामणि पौडेल, बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता गोविन्द बन्दीप्रति आभार ब्यक्त गर्न चाहन्छु। यस सफाईको अदालतको फैसलाबाट लोकतन्त्रमा नागरिकको अभिब्यक्ति स्वतन्त्रताको रक्षा भएको छ।
माननीय जिल्ला न्यायाधीश भरतमणि खनालको ईजलासबाट आज यो फैसला भएको हो। मलाई न्याय दिनुहुने आदरणीय जिल्ला न्यायाधीश भरतमणि खनाललाई धन्यवाद प्रकट गर्न चाहन्छु।
थुनछेक बहसमा मलाई लोकतन्त्र रक्षार्थ सहयोग गर्न वकालतनामा दिने ३ दर्जन भन्दा बढी स्वत:स्फूर्त उपस्थित भएर सहयोग गर्नभएका कानुन ब्यावसायीप्रति आभार प्रकट गर्न चाहन्छु।
मप्रति गरिएको अन्याय र अलोतान्त्रिक ब्यवहारका बिरूद्ध आवाज घन्काउनु हुने न्यायका पक्षधर कानुन व्यावसायी, शुभेच्छुक, शुभचिन्तक र लोकतन्त्रप्रेमी राजनीतिक नेताहरू, युवाहरू, पत्रकार र परिवारका सदस्य र हितैषी साथीहरूप्रति पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछु। यो सफाई लोकतन्त्रको रक्षामा साथ दिने सबै लोकतान्त्रिक जनताको जीत हो।
उनी अहिले सामाजिक संञ्जाल मार्फत सामाजिक हकहितका लागि निरन्तर लागेकाे पाउनु सकिन्छ । उनी नेपाल सरकारका पुर्व सचिव हुन ।

























