२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

डोटीमा विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । 

दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण यहाँका मिल व्यवसायीदेखि इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको किरण इलेक्ट्रोनिक दिपायल पिपल्लाका किरण भण्डारीले बताए । 

उनले भने, “दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ ।” मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उपभोक्ताको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।

विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकार तेजु ओलीले जानकारी दिए । पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताए । 

उनले भने, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमा समेत समस्या हुने गरेको छ ।” विद्युत् कार्यालय दिपायलका प्रमुख कुम्भ जोशीले चिसोले गर्दा कारण विद्युत्को माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुने बताए । 

उनले भने, “विद्युत्को माग र खपत बढी छ, उत्पादनमा केही कमी भएकाले समस्या भएको हो । त्यसको समाधानका लागि हामी लागिपरेका छौँ ।” 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।