२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

कैलालीमा किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, एक जना फरार

कैलाली  – कैलालीमा १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार  पक्राउ पर्नेमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी रहेका छन् । 

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका अधारमा दुवै जनालाई पक्राउ गरिएको र एक जना अझै फरार प्रहरी नायव उपरीक्षक विष्टले बताए । 

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

त्यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको भन्ने जाहेरीका आधारमा उनलाई माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनीमाथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।