एकेद्र चन्द /डोटि- सुदुरपश्चिम प्रदेशका प्राय सबै जिल्लामा छाउपडी प्रथा कायम नै रहेको छ । सरकारले छाउपडी प्रथा अन्त्य गर्नको लागि जनचेतना मुलुक कार्यक्रम चलाउदै छाउपडीका लागि अलगै बनायका घरहरु समेत भत्काउने अभियान चलायो ।



गाउपालिका वडा बाट उपलब्ध गराउने सेवा सुबिधा समेतमा रोक लगायो नत यो अभियानले सार्थकता पायो। त्यस क्रममा डोटीमा पनि त्यो अभियानको सुरु भएको थियोे। छाउपडिका कुडा( घर ) भत्काउने कार्य गरियो तर ग्रामीण क्षेत्रका मानिसहरुको मनको घर भने भत्काउन भने सकियन एक रिपोर्ट….
यात्रा बाग्छेडा देखि सहजपुर सम्मको तय भयो । अनि करिब आठ बजे तिर बस बागछेडा आइपुग्यो बसमा यात्रीहरु भरिएका थिए । बागछेडा बाट बस अलाडी भन्ने ठाउमा पुग्यो त्यहीँ क्रममा बस भित्र ब्याट्री खराब भएको कारणले आगो को झिल्का निस्की रहेको थियो।एक जना यात्रुले देख्ने बित्तिकै स्टाफ लाई खबर गरे
।
गाडिको क्याबिन मा बसेका सबै यात्रुहरु बाहिर ओर्लिय।पछि त्यसलाइ खोलेर हेर्दा एउटा फलामको छडिले ब्याट्री को दुबै तारहरु जोडी रहेको थियो।त्यही सिटमा एक जना महिनावारि भएकि महिला पनि बसेकी छिन।उनिबाट बगेको बल्ड ले सिट पुरै भिजेको थियो।
एक जना अलि पढेलेखेकि भनौदी महिला पनि बसेकी थिइन तर ती पढेलेखेकि महिलाले नै सबै भन्दा अगाडि ती महिनावारी भएकि महिलालाइ तथानाम भनी तिमि महिनावारी भएकै कारण गाडिमा आगो लग्यो भन्दै थर्काउदै थिइन् ।
एउटा महिलाले महिलाको पीडा बुझ्नु त कता हो कता उल्टै उनैलाइ दोषी बनाइ रहिन । नारी दिवसको दिन मात्र चर्का भाषण दिने महिला अधिकारको लागि लडछौ भन्दै नारा लगाउने महिला महिला प्रती महिलाले नै गर्ने ब्यावहार कति सम्म भन्ने कुरा त प्रष्ट भयो बस भित्रका सम्पुर्ण यात्रुहरु चुपचाप थिए तर मेरो आत्मीय मित्र नरेन्द्र बहादुर ताडी लगायत अन्य केही ब्याक्तीहरुले भने त्यस कुराको प्रतिबाद गरिरहेका थिए । महिलालाइ सहयोग गर्नुको साटो सबैले उनैलाइ दोष दिनु भयो।
महिनावारी भएकि महिला हेर्दा अलि सोझी र कम पढेलेखेकी जस्ती लग्थिन।उनले केही पनि नबोली बसबाट झरिन।पछि त्यहा हरेक कुराहरु उठ्न थाले कसैले त्यही आईमाई महिनावारी भयका कारण बसमा आगो जलेको भन्दै थिय भने हरेक नानाथरी टिप्पणी हरु आउन थाले।पहिले एउटा रड ले ब्याट्रीको दुबै तार जोडेकाले आगोको झिल्का निस्केको भन्ने मान्छे नै पछि त्यही महिनावारी लाई कारण बनाउन थाले।कठै मेरो समाज अझै रुढीबादी कुप्रथामै। आफुलाइ महिला ससक्तिकरणको अभियानता सम्झिने हरु खै एउटा गाउमा बस्ने अनपढ नारिलाइ हेरेको? हरेक ठाउँमा महिनावारी को बेला महिलाले भोग्नु परेको पीडा को बारेमा हरेक गोष्टि तालिम हरु हुन्छन।तर खै पिछडिएका ठाउमा बस्ने नारीको लागि? अनि खै सार्बजनिक यातायात का साधन हरुमा बिशेष गरि महिलाका लागि सेनिटरी प्याड को व्यवस्था सरकार?समयमै ध्यान जावस


















