२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

ट्रेक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी, १८ माघ । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिबार राति ट्रेक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिबार राति ११ बजे पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्रेक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षिय मानबहादुर बुढा रहेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रेक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ रामसिंह चौधरी सहित ट्रेक्टर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।