२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन अस्पतालमै काम बिहिन

कन्चनपुर, १८ माघ । कोरोना भाइरस परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरी महाकाली अस्पताललाई हस्तान्तरण गरेको पीसीआर मेसिन अस्पतालमै थन्किएको छ । अस्पताललाई हस्तान्तरण गरिएको मेसिन सञ्चालनमा नआई अस्पताल परिसरमै थन्किएको हो । मेसिन खरिद गरेको झन्डै छ महिनाको भइसक्दा पनि पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । मेसिन अस्पतालले पाएको तीन महिना भइसकेको छ । तैपनि सञ्चालन गरिएको छैन ।

जेठ महिनामै भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भनेर निर्णय गरेर ३८ लाख रुपैयाँ लागतमा पीसीआर मेसिन र पीसीआर क्याबिनेट खरिद गरेको थियो । कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा पीसीआर मेसिन किनेर तत्काल परीक्षण गरिने भनिएपनि पीसीआर मेसिन सञ्चालनमा आएको छैन ।

‘सम्झौता अनुसार नगरपालिकाले मेसिन खरिद गरेर अस्पताललाई बुझाएको अवस्था हो’, भीमदत्त नगरपालिकाका इन्जिनीयर हिमालसिंह ऐरले भने–‘अहिलेसम्म परीक्षण सुरु भएको छैन । अस्पताललाई नगरपालिकाले हस्तान्तरण गरेको पनि दुई÷तीन महिना भैसक्यो, मेसिन अस्पताल परिसरमै छ ।’ जति सक्दो चाडै मेसिन सञ्चालन गर्ने योजना भएपनि अहिलेसम्म अस्पतालले मेसिन सञ्चालन गर्न नसकेको उनले बताए ।

महाकाली अस्पतालले भने पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक अरु सामान नभएकाले सञ्चालनमा ढिलाइ भइरहेको जानकारी दिएको छ । सो अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले मेसिनसँगै चाहिने अरु सामान अस्पतालले किन्नु पर्ने भएकोले मेसिन सञ्चालनमा ढिलाई भएको बताए ।

‘सबैतिर कोरोना महामारी भएकोले अस्पतालले किन्ने भनेको सामान टेन्डर अनुसार ल्याउनढिला भयो । अब हाम्रो लगभग सबै सामानहरु आइपुगेको छ ।’ महाकाली अस्पतालका सूचना अधिकारी भट्टले भने, ‘पीसीआर मेसिन जडान गर्दा आवश्यक पर्ने बायोसेप्टी भन्ने पनि जडान भैसकेको अवस्था छ ।

मेन मेसिन जडान गर्ने इन्जिनीयरलाई पनि फोन भएको छ । अबको केही दिन भित्रै हामी सञ्चालन गर्ने योजनामा छौ ।’ पीसीआर मेसिन जडान गर्न आवश्यक परेको विभिन्न प्रक्रियाले गर्दा सञ्चालनमा ढिलाइ भएको अस्पतालले जनाएको छ ।

पीसीआर मेसिनसँगै चाहिने सामानहरुको टेन्डर पनि सँगैसँगै गरेको हुनाले अब सञ्चालन गर्ने अवस्थामा पुगिएको सूचना अधिकारी भट्टले बताए । यस्तै उनका अनुसार पीसीआर मेसिन जडान गर्नको लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको पनि परिपूर्ति गरिएको छ ।

महाकाली अस्पतालले अहिले पनि दिनमा १५ देखि २० जनाको स्वाब संकलन गरिरहेको छ । परीक्षणका लागि धनगढी नै पठाउनुपर्ने र रिपोर्ट पाउन दुई÷तीन दिन कुर्नुपर्ने बाध्यता कायमै छ । महाकाली अस्पतालमै पीसीआर प्रयोगशाला सञ्चालनमा आए परीक्षणको दायरा बढाएर जोखीम न्यूनीकरण गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरमा हालसम्म एक हजार नौ सय तीन जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ९३ जना छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।