२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

थोरै पैसामा विश्वकै ठूलो ड्रोनले अन्तरिक्षमा स्याटेलाइट पठाउने

काठमाडौं । केही वर्षअघिसम्म भू-उपग्रह प्रक्षेपणलाई ठूलै समारोहको रुपमा मनाइन्थ्यो ।  तर स्पेस एक्सको स्थापनासँगै भू-उपग्रहको प्रक्षेपण प्रत्येक हप्ताजसो भइरहेको हुन्छ ।

त्यसैले यसलाई सामान्य रुपमा लिन थालिएको छ । तर ग्राउण्ड बेस रकेटबाट हुने भू-उपग्रह प्रक्षेपण निकै महङ्गो र धेरै समय लाग्ने हुन्छ ।

यसैबीच अन्तरिक्ष लजिस्टिक सेवा प्रदायक कम्पनी एईभमले आफ्नो ठूलो राभन एक्स ड्रोनले थोरै पैसामा राम्रोसँग भूउपग्रह प्रक्षेपण गर्न सक्ने बताएको छ ।

८० फिट लम्बाई र १८ फिट उच्चाई भएको राभन एक्स विश्वको सबैभन्दा ठूलो ड्रोन हो । यसमा एईभमको प्रोपाइटरी सफ्टवेयर प्रयोग भएको छ ।

जसले गर्दा यो निश्चित उचाईसम्म उडेर पुग्न सक्छ । एईभम ड्रोनले साना भूूउपग्रहले भरिएको रकेटलाई पृथ्वीको तल्लो अर्बिटसम्म लगेर छोडिदिन्छ ।

यसको प्रक्षेपण प्रणाली ७० प्रतिशत पुन प्रयोग (रियुज) गर्ने मिल्ने किसिमको छ । यसलाई सय प्रतिशतको नजिक पुर्‍याउने कम्पनीका सीईओ जे स्काईलसको अपेक्षा छ ।

यस ड्रोनको परिक्षण उडान यसै वर्षको सुरुवातमा गर्ने कम्पनीको अपेक्षा छ । एईभमले प्रक्षेपण कन्ट्रयाक्टका लागि एक अर्ब डलरभन्दा धेरै संकलन गरिसकेको बताएको छ ।

कम्पनीले अमेरिकी स्पेस फोर्ससँग ३६० वटा भूउपग्रहलाई पृथ्वीको तल्लो अर्बिटमा प्रक्षेपण गर्ने सम्झौता गरेको छ । यस वर्षको अन्त्यसम्म यसकाे प्रक्षेपण गरिने कम्पनीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।