२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

जंगली च्याउ खाँदा एकैघरका चार बालिकाको मृत्यु पूरै परिवार बिरामी

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालिकाको मृत्यु भएको छ । जंगली च्याउको तरकारी खाँदा तीन बालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो ।

च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् । स्याँक्रीका ५० वर्षीय टेकबहादुर चलाउनेले ९ साउनमा जंगलबाट च्याउ टिपेर ल्याएका थिए । साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको थियो ।

घरका आठैजना बिरामी परेकाले गाउँकै मेडिकलबाट औषधि लिएर खाएका थिए । उनीहरू च्याउ खाएको तीन दिनपछि सिकिस्त भएका थिए । त्यसपछि मात्रै गाउँलेले उपचारका लागि प्रयास गरेका हुन् ।

टेकबहादुरकी छोरी तीन वर्षीया अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको मृत्यु भएपछि परिवारका अन्य सातजना सदस्यलाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सोमबार नै सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगेको थियो ।

उपचारका क्रममै मंगलबार तीन बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालको मेडिकल विभाग प्रमुख डा केएन पौडेलले टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र नातिनी ११ वर्षीया निरुताको मृत्यु भएको बताए ।

‘ढिलो गरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिरहेको भएकोले जति कोसिस गर्दा पनि बचाउन सकिएन,’ डा।

पौडेलले भने । च्याउ खाँदा बिरामी परेका टेकबहादुरसँगै उनका छोरा ३० वर्षीय ललित, बुहारी ३० वर्षीया कल्पना र छोरी १५ वर्षीया पशुपतिको प्रादेशिक अस्पताल सुर्खेतमै उपचार भइरहेको छ ।

उनीहरूमध्ये कल्पनाको अवस्था गम्भीर भएकोले उनको आइसियूमा राखेर उपचार भइरहेको छ । अन्य तीनजनाको स्वास्थ्यमा सुधार भइरहेको डा। पौडेलले बताए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।