२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कञ्चनपुरको गड्डाचौकी नाका भोलिदेखि खुल्ने

कञ्चनपुर । नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सिमानाका आज देखि खुला गरेको भए पनि कञ्चनपुरको गड्डाचौकी नाका भने भोलि शनिवारदेखि मात्र खुल्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेपछि भोलि देखि गड्डाचौकी नाका खुला हुने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भएको छ ।

सीमा नाका खुला भएसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्ने छन् । तर नाका खुले भए पनि तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको प्रशासनले जनाएको छ ।

आज सुदूरपश्चिमका कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएका छन् ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो । त्यस बिचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएको भए पनि भारतीय नागरिकलाई प्रवेश अनुमति दिइएको थिएन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।