डडेल्धुरा- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाईएको छ ।
शहीद दिवसको अवसरमा अमरगढी नगरपालिका डडेल्धुराले कार्यालयमै शहीद भीमदत्त पन्तको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जली अर्पण गरेको छ ।
शहीदहरुको सम्मान्न गर्दै अमरगढी नगरपालिकाले आफु मातहतका सवै कार्यालयहरुमा अनिवार्य रुपमा किसान नेता शहीद भीमदत्त पन्तको तस्बिर राख्ने घोषणा गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनुभयो ।



अमरगढी नगरपालिकाको कार्यालय परिसरमै नगर प्रमुख आझा,विभिन्न वडाका निर्वाचित वडा अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत लगाएत अन्य कर्मचारीहरुले शहीद भीमदत्त पन्तको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कम्युनिष्ट पार्टीका उमेदवार विश्वेश्वर प्रसाद ओझाले अमरगढी नगरपालिकामा विजय प्राप्त गरेसंगै किसान नेता शहीद भीमदत्त पन्तको स्मरणमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आउनु भएको छ । अमरगढी प्रमुख ओझाले शहीद भीमदत्त पन्त जन्मेको घर अमरगढी नगरपालिका वडा नं. २ कारिगाँउलाई भीमदत्त आर्दश वस्ति निर्माण गरि काम अगाडी बढाउनु भएको छ ।

























