२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कोरोना भाइरसविरुद्धको खोप अभियान नेपालमा पनि सुरु

कोरोना भाइरसविरुद्धको खोप अभियान नेपालमा पनि सुरु भएको छ । माघ १४ गतेदेखि मुलुकभरि नै पहिलो चरणको खोप सुरु भएको हो । यो महाअभियान सुरु भएपछि महामारीमाथि जितको आशा पलाएको छ ।

एक वर्षदेखि मानव जगतलाई तहसनहस पारेको कोरोना परास्त भएर जाने विश्वास बढेको छ । सुदूरपश्चिम प्रदेशमा पनि यो महाअभियानको थालनी भइसकेको छ । दक्षिण र पश्चिमतिर भारतसंग जोडिएको यो प्रदेश भारतबाटै आउने व्यक्तिबाट कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको थियो ।

पछिल्लो समय संक्रमण घटेको बेला कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान पनि सुरु भएपछि विश्व जगतलाई दुःख दिइरहेको कोरोना भाइरस न्यूनीकरणमात्रै नभइ सदाका लागि परास्त भएर जाने अपेक्षा पनि गर्न थालिएको छ ।

सन २०१९ मा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट सुरु भएको सो भाइरस विश्वभरि फैलिएर महामारीको रुप लियो । यहि भाइरसका कारण सन २०२० मानव जगतका लागि अत्यन्त दुःखदायी र पीडादायी रह्यौ ।

कोरोना भाइरसकै कारण विश्वमा आजको दिनसम्म २१ लाख ७५ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि दुई हजार २० जनाको ज्यान गइसकेको छ । त्यसकारण मानवका लागि २०२० निकै दुःखदायी र पीडादायी रहेको थियो ।

सन २०२१ को सुरुवातसंगै भने कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य विश्वका विभिन्न मुलुकमा सुरु भइसकेको छ । यसैगरी, विभिन्न नयाँ–नयाँ खोप अविष्कार गर्ने कार्य पनि जारी रहेको छ ।

हाम्रो देश नेपालमा भारतबाट ल्याइएको खोप पहिलो चरणमा लगाइएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको यो खोपलाई कोभिशिल्ड नाम दिइएको छ ।

यसको प्रभावकारिता ६२ देखि ९० प्रतिशत रहेको बताइएको छ । पहिलो चरणको खोप लगाउँदै गर्दा खोप लगाइसकेका स्वास्थ्यकर्मी निकै उत्साहित भएका छन् । उनीहरुले खोप सुरक्षित रहेको र सबैलाई निर्धक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

यो खोपको बारेमा कतिपय भ्रम पनि जनतामाझ नपुगेको होइन । तर, ती भ्रम वा कुप्रचार झूठा हुन भन्ने कुरा पहिलो चरणको खोप सुरुवातसंगै पुष्टि भइसकेको छ । खोप लगाएकाहरुलाई त्यसको प्रतिक्तियात्मक असर देखिएन । अर्थात, अहिलेसम्म केही पनि भएन ।

यसकारण, पालो आएको बेला सबैले निर्धक्कसंग खोप लगाउन आवश्यक छ । खोप लगाउन योग्य रहेका सबैले खोप लगाएमामात्रै कोरोनामाथि जितका लाथि थालिएको यो महाअभियानले सार्थकता पाउनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।