प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ।



यसअघिका ३ संस्करण मध्ये पहिलो संस्करणमा वर्षाका कारण आर्मीले उपाधि बाड्दा २ संस्करण पराजित भएको थियो।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले आर्मीसँग ९४ रनको हार भोगेको हो।
आर्मीले उपाधिका लागि शनिबार विभागीय डर्बीमा शसस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
Views: 166

























