२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कञ्चनपुरमा भन्सार छलेर ल्याइएका करिब २३ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलेर ल्याइएका करिब २३ हजार बराबरको अवैध सामान बरामद गरीएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित झोलुङगेपुल छेउबाट बेवारिसे अवस्थामा विभिन्न सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले
जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भन्सार छलेर ल्याइएका गुड टाइम ५ प्याकेट, टीरिच १० प्याकेट, नोबु चटकरा १५ प्याकेट, डेनिम ५ प्याकेट, बोनी निपल ५ बट्टा, ब्लेड २० प्याकेट, पञ्चवटी अगरबत्ती ७ प्याकेट, हेण्डप्लस ५ बट्टा, चाँदे सितारा ९ प्याकेट र नमकिन २० पाकेट गरी अन्दाजी २२ हजार ८ सय ५० बराबरको सामान बरामद गरिएको छ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डचौकीमा पठाइएको निरीक्षक शाहीका ले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।