२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

शुक्लाफाटा -११ कलुवापुरमा विङ्गर र बस ठोक्किदा दुर्घटना: आठ जना घाइते

कंचनपुर- कंचनपुरको पूर्वपश्चिम राजमार्गको शुक्लाफाटा नगरपालिका वडा नम्वर -११ कलुवापुर नजिकै भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।दुर्घटनामा परी घाईते हुनेहरुमा गोदावरी नगरपालिका–२ वस्ने ३० वर्षिय चिरिन्जीवी तिवारी, कृष्णपुर नगरपालिका –५ गुलरियाका २५ वर्षीय ललित खड्का, २२ वर्षीय जनकराज भट्ट ,१६ वर्षिय मोहन पन्त, पुष्पराज भट्ट, पुतली वजार नगरपालिका १० स्याङ्गजाका ३४ वर्षीय गिर बहादुर गुरुङ्ग,सहिदलखन गाउपालिका २ का झमन बहादुर थापा र हरीपुर नगरपालिका २ सर्लाहीका राजेश कुमार सिंह रहेका छन् ।

काठमाण्डौवाट महेन्द्रनगर तर्फ आउदै गरको ना ७ ख ५९४८ नम्बरको वसलाई कैलालीको अत्तरियावाट महेन्द्रनर तर्फ आउदै गरेको सु.प.प्र. ३८६ नम्वरको विङ्गरले पछाडीवाट ठक्कर दिदा शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ कलुवापुर नजिकै दुर्घटना भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । घाईतेहरुको झलारी स्थित न्यू झलारी क्लिनिकमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर वोहराले जानकारी गराउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।