देशको भाैतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने काम ने देश बिकासको काम हो । देश को भैतिक अवस्थालाई विपनता बाट सम्पन्नता तिर , नराम्रो अवस्था बाट राम्रो अवस्था तर्फ , यथास्थिति बाट उनन्ति तर्फ लैजानुलाई देश विकास भनिन्छ ।



जवानीले नछाडेका र बुढयाइले नछोएका युवायुवतीलाई समुदायले नै देश विकासमा जिम्मेवारिलाई सहजता साथ वहन गर्न सक्छ।
राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेको युवाबर्गको शक्ति हो र त्यो शक्ति नै बास्तबमा देश विकासको उर्जा हो ।
युवाका लामालामा सबल भुजाहरुले जुनसुकै चुनैति र अवरोधहरुलाइ पनि धुजाधुजा पार्न सक्छ्न । युवायुवतीहरुक जोस र जाँगरका अगाडि जस्तोसुकै कठिन चुनैतीले पनि शिर निहुराउनै पर्छ ।
अत : युवाहरूका आँट र उत्साहले प्राप्त गर्दा देशले विकासमार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै परास्त गर्न र चुडाल्न सक्दछ र विकासको अभियानमा देशले लामो फडको मार्न सक्छ।
हाम्रो देश नेपालको इतिहास पनि युवाहरूको गौरवमय परात्रमदोवारा आप्लवित छ। पृथ्वीनारायण शाह को बीस बर्ष कलिलो युवा उमेरमै नेपाल एकिकरणको सुन्दर सपनालाई विपनामा अनुवाद गर्ने तम्सिए र नेपाल रास्ट्रको निर्माणमा लडदालडदै युवावस्था बित्यो ।
२०४६”सालको एेतिहासिक जनआन्दोलनमा कयौं युवाहरुले बगाएको रगत मुलुकमा प्रजातान्त्रको पुनस्थापना भयो । यसरि नेपालको एकिकरण ,संरक्षण ,संवध्न र प्रजातान्त्रको स्थापना र पुनःस्थापनजस्था नेपलि युवाको आफ्नो पैारख देखाए ।त्यसै ले युवाहरूका श्रम र पसिनाले भिजेको छ नेपाल ।
(सुरत तमोली- डडेलधुरा (सुन्दर सुदुर पश्चिम बाट)

























