गोकर्ण पाण्डे/गुल्मी:- सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा गठित सक्रिय महिला उद्यम समुहका १६ जना सदस्यहरुले सिकेडाडा ,काउले देखी कालिका प्रा बि को वरिपरि हुदै दहकाचौर सम्म बाटो र आसपासको क्षेत्र सरसफाई कार्यलाई सम्पन्न गर्नुभएको छ।



भोकालाई एक छाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्म साथ गर्दै उक्त समुहमा केहि दिन अगाडी मात्र ४ दिने हेफर आधारशिला सम्पन्न सम्पन्न भएपछी समुहले सामुहिक कार्ययोजना मा प्रतेक महिनाको मासिक मिटिङमा सरिता जि सिको संयोजकत्वमा सामुदायिक सहजकर्ता बिष्णु कुवरको नेतृत्वले आफ्नो टोल क्षेत्र सरसफाई गर्ने प्रतिवद्धता बमोजिम सरसफाईमा जुटेको समुहकी अध्यक्ष सरिता जि सि ले जानकारी दिनुभयो।
सरसफाईको साथै समुहका सबै सदस्यहरूको घरमा तालिम बाट लिएको उपलव्धीलाई कार्योन्वयन भएको र नभएको हेर्नको लागी सबै सदस्यका घरमा खोरको सरसफाई घर वरपरको सरसफाई लगाएतको कुरा हरूको अनुगमन गर्दै प्रत्येक सदस्यका घरमा पुगेर सरसफाईलाई बिषेश जोड दिएको समुहकि सचिब रमिसा जि सिले जानकारी गराउनु भयो।
समुहमा सबै दिदि बहिनी निकै ठुलो परिवर्तन पाएको र जसबाट दिदि बहिनीमा आपसी मेलमीलाप र छिमेकीको आत्मीयता समेत बढेको हुदा हामीले यो तालिम बाट पाएको उपलव्धी लाई आत्मसाथ गर्दै हाम्रो समुहलाई नमुना समुह बनाउने जानकारी दिनुभयो।तेस्तै कालिका प्रा बि का शिक्षक तथा विद्यार्थी हरु लाई सचेतना तथा फोहोर ब्यबस्थापन को लागि जानकारी दिनु भयो।
समूह का प्रत्येक सदस्यहरु को घरमा फोहोर ब्यबस्थापनको लागि फोहोर संकलन बस्तु घर घरमा राखिएको बताउनु भयो सरसफाई पछी सुरू भएको कार्यक्रममा समुहकी उपाध्यक्ष लछ्मी जि सि को अध्यक्षतामा रहेको कार्यक्रममा समुहका सदस्यहरूको उपस्थिती रहेको कार्यक्रमको संचालन सरिता जि सि ले गर्नु भएको परियोजनाको सामुदायिक सहजकर्ता बिष्णु कुवरले जानकारी दिनु भयो ।

























