डोटी प्रहरीले केआइसिंह गाउँपालिका–६ की एक वृद्धाको साथबाट स्रोत नखुलेको १७ लाख ७४ हजार रुपैयाँ र उनको घरबाट एक किलो सुन बरामद गरेको छ ।



डोटीबाट धनगढीतर्फ आउँदै गरेकी काली भुलको साथबाट प्रहरीले रुपैयाँ बरामद गरेको थियो ।
महिलाको घरमा छापा मार्दा सुन पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीसंगको प्रारम्भिक बयानमा आफन्तले रुपैयाँ र सुन राख्न दिएको ती वृद्धाले जवाफ दिएकी छिन् ।
Views: 196


















