गोकर्ण पाण्डे /गुल्मी/- नेपाल स्वयंसेवक संघ प्रवास समिति इंगलैण्ड काे संयोजक मा जानकी पन्त ज्यु चयन हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ। आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन ।



त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।
स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो ।
यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौ नेपालको भलो चाहन्छौ । नेपाल स्वयंसेवक संघ हो यहाँ हरूलाई हार्दिक स्वागत गर्दछौ ।


















